बिहिबार, बैशाख १३, २०८१

मौरी पालन तालिम कार्यक्रम सम्पन्न

तनहुँ, १५, असार । तनहुँको बन्दीपुरमा ५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । हातेमालो कृषि सहकारी संस्थाको सहयोगमा सो तालिम सम्पन्न भएको हो । कृषि व्यवसायमा युवाहरुको आकर्षण बढ्दै गईरहेका बेला बन्दीपुर नगरपालिकामा मौरी पालन गर्न इच्छुक ३० जना युवाहरु छनौट गरी सो तालिम प्रदान गरिएको सहकारीले जनाएको छ ।
bee trenningसो तालिममा प्रजनन् वीज कोया स्रोत बन्दीपुरका बाली संरक्षण अधिकृत चन्द्रबहादुर भण्डारी र व्यवसायिक कीट विकास निर्देशनालय हरिहरभवनका प्राविधिक सहायक भीमसेन के.सीले प्रशिक्षण दिनु भएको थियो । सो तालिममा मौरी पालनको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्थापन पक्ष र प्राविधिक पक्षहरुलाई समेटी सैदान्तिक तथा व्यवहारिक प्रशिक्षण सञ्चालन गरिएको प्रशिक्षक चन्द्रबहादुर भण्डारीले जानकारी दिनु भयो ।
मौरी पालन सम्वन्धि जानकारी, स्थानको छनौट, आवश्यक सामाग्री, मौरी चरण र व्यवस्थापन विषयमा जानकारी दिईएको थियो भने प्राविधिक पक्ष अन्तर्गत मौरी गोला विभाजन, संयोजन, भाले मौरी तथा रानी मौरी उत्पादन र रानी कोष प्रतिस्थापन, वितपाते मौरी उत्पादन तथा रोकथाम, स्थानीय घारवाट आधुनिक घारमा मौरी सार्ने तरिका लगायत मौरी गोलहरु निरिक्षण गराईएको थियो । यसका साथै मौरीमा लाग्ने रोग कीराहरु, मौरीका शत्रुहरु र तिनको व्यवस्थापन संवन्धि समेत शैद्धान्तिक तथा व्यवहारिक रुपमा प्रशिक्षण गराईएको थियो ।

प्रकाशित मिति: आइतवार, असार १५, २०७१