बिहिबार, बैशाख २०, २०८१

पारिवारिक खेतीलाई जीवनशैली बनाउनुपर्ने

j k khanalजनकपुरधाम, १० असार । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले पारिवारिक खेतीलाई जीवनशैलीका रुपमा आत्मसात् गर्नुपर्ने आौँल्याउनुभएको छ । अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष–२०१४ का अवसरमा आज यहाँ आयोजित  भेलामा उहाँले खेतीलाई बाँझोपनबाट बचाउन पारिवारिक खेतीको नीतिलाई कार्यान्वयन गर्नु जरुरी छ भन्नुभयो ।  युवा पलायन र खाद्यान्न सङ्कट जस्ता गम्भीर समस्यालाई दृष्टिगत गरी आफ्नो खेतबारीमा आफैँ बाली उत्पादन गर्ने इच्छाशक्तिको विकासमा पनि उहाँले जोड दिनुभयो । नेपाल कृषि क्षेत्रीय सङ्घका अध्यक्ष खेम पाठकले किसानले बजारबाट खाद्यान्न खरिद गर्ने प्रवृत्तिलाई निरुत्साहन गरी स्वयम् उत्पादनका लागि अग्रसर हुन जरुरी छ भन्नुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७१