शुक्रबार, बैशाख १४, २०८१

काभ्रेमा प्रयोगशाला भवनको उद्घाटन

PACT kaveकाभ्रें, ३१ जेठ । प्रगतिशिल युवा कृषक समुहको आयोजनामा भएको, कृषि विकास मन्त्रालय अन्र्तगत विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको पूरक अनुदान र जिविस कार्यालय काभ्रेको आर्थिक सहयोगबाट निर्मित प्रयोगशाला भवनको मुख्य सचिव लिलामणी पौडेलले काभ्रेमा एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याईएका पौडेलले युवालाई विदेश पलायन हुनुबाट रोक्नु पर्ने र त्यसका लागि रोजगारीको अवसर सृजना गर्नु पर्नेमा जोड दिनुभयो । सो अवसरमा प्याक्टका प्रमुख योगेन्द्र कुमार कार्कीले आपूmलाई यो कार्यक्रम यति सफल हुन्छ भन्ने नलागेको तर, कार्यक्रम सोचे भन्दा बढी सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । नव निर्मित भवनको निर्माणले थप उत्साह पैदा गरेको भन्दै सरोकार वालाहरुलाई धन्यवाद दिनु भयो । उक्त कार्ययक्रम गोपाल दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । –कमला नेपाल

प्रकाशित मिति: शनिबार, जेष्ठ ३१, २०७१