आइतवार, बैशाख १६, २०८१

अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष नेपालमा मनाइँदै

चापागाउँ(ललितपुर), २८ जेठ । नेपालले यस वर्ष विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ मनाइरहेको छ । संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ मनाउने घोषणा गरेबमोजिम नेपाल सरकार र सरोकारवाला निकायको संयुक्त प्रयासमा नेपालमा पनि पारिवारिक खेती वर्ष मनाइएको हो । कृषि विकास मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले पारिवारिक खेती वर्ष मनाउने सिलसिलामा देशका ७५ जिल्लामा अभिमुखीकरण, ¥याली प्रदर्शन, ५०० गाविसमा अभिमुखीकरण, नमुना खेती प्रदर्शनी, १०० गाविसमा अगुवा कृषकलाई तालिम, सूचना प्रचारप्रसार र अनुगमनलगायत कृषिसम्बन्धी अध्ययन अध्यापन गराइन लारिएको जानकारी दिनुभयो । पारिवारिक खेती वर्ष २०१४ राष्ट्रिय कार्यान्वयन समितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशव बडालले देशको आर्थिक विकासका लागि गमला खेतीको भूमिका सकारात्मक रहने बताउनुभयो । उहाँले कृषिमा आधारित रहेर देशको उन्नतिमा लागे आर्थिक क्षेत्रले छलाङ मार्ने विश्वास व्यक्त गर्नुभयो । गमला नमूना खेतीका रुपमा प्रथम पटक काठमाडौँ उपत्यकामा बसोबास गरेका १२५ जनालाई यस अभियानमा सामेल गरिएको समितिका सचिव रुद्र भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा गमला खेतीमा संलग्न १२५ जनालाई जनही रु चार हजार उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २८, २०७१