सोमवार, बैशाख ३१, २०८१

कृषिमा बजेट थप गर्ने मागसहित ज्ञापन पत्र बुझाइयो

भक्तपुर, २८ जेठ । कृषिप्रधान देशमा कृषि बजेट ज्यादै न्यून रहेको भन्दै किसानहरुले बजेट थप गर्न माग गरेका छन् । किसानहरुको हक हितका लागि स्थापना गरिएको राष्टिय कृषक समूह महासंघ भक्तपुरले सो माग गर्दै मंगलबार भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला पशु सेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । समूहले स्थानीय निकायअन्तर्गत रहेका ती संस्थाहरुमार्फत स्थानीय विकास मन्त्रालयले किसानहरुले कृषिमा बजेट थप्नुपर्ने माग राखेका हुन् ।
समूहका अध्यक्ष टेकबहादुर लागेजुको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी अर्जुन थापा, वरिष्ठ पशु विकास अधिकृत बलबहादुर चन्द, कृषि अधिकृत नरेशचन्द्र घिमिरेमार्फत ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र मार्फत बुझाउँदै अध्यक्ष लागेजुले कृषिमा बजेटको अभाव हुँदा कृषिमा समस्या रहेकोले कृषि समस्या समाधान गर्नका लागि बजेट बढाउनुपर्ने अनिवार्य रहेको बताउनुभयो । समूहले बुझाएको ज्ञापन पत्रमा कृषियोग्य जमिनको गैरकृषिकरण, भूमि र श्रम सम्बन्धको विच्छेदीकरण, कृषिजन्य वस्तुले उचित मूल्य नपाउनुलगायका समस्याले कृषि उत्पादनमा वर्षेनी उत्पादनमा कमी आइरहेको उल्लेख छ । कृषिमा आइरहेको विभिन्न प्रकारका समस्याका कारण धेरै युवाहरु  विदेश पलायन हुन विवस भएको जनाउँदै समूहले कृषिलाई पनि मर्यादित पेशाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको अध्यक्ष लागेजुले जानकारी दिनुभयो । टोलीमा सहभागी समूहका उपाध्यक्ष राजेन्द्र थापाले कृषि समस्या समाधानका लागि अहिलेसम्मको सरकारले खासै वास्ता नगरेको जनाउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । सदस्य शिवराम रिजालले किसानहरु समस्या समाधानको लागि विभिन् प्रकारका समितिहरु ग्ठन गरिएका भए पनि त्यसको प्रभावकारिता किसानहरुको दैनिकीमा नदेखिएकोले ती सरकारले बनाएको नीति र कार्यक्रम कृषक मैत्री हुनुपर्नेमा जोड दिनुभयो । टोलीमा सहभागी झौखेलका किसान सानु सुवालले स्थानीय निकायअन्तर्गतको गाविसमा रहेको कृषि, वन तथा वातावरण समितिलेमार्फत  कृषि क्षेत्रमा विनियोजना गरेको बजेट वास्तविक किसानहरुले सदुपयोग गर्न नपाएकोमा दुखेसो गर्दै बजेटको सदुपयोगबारेमा स्थानीय निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।-जगतकृष्ण प्रजापति

प्रकाशित मिति: बुधबार, जेष्ठ २८, २०७१