शुक्रबार, चैत्र १६, २०८०

चार लाखको कुखुरा बरामद

परासी, २९ जेठ । भारतबाट अवैधरुपमा नवलपरासीको सदरमुकाम परासी ल्याउँदै गरेको करिब रु चार लाख मूल्यबराबरका ब्वायलर कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले बरामद गरेको छ । साइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले चार हजार चल्ला र ब्वायलर कुखुरा बरामद गरेको प्रहरी उपरीक्षक विष्णुहरि गौतमले बताउनुभयो । उहाँका अनुसार साइकलमा लोड गरी ल्याइएका ब्वायलर कुखुरामा अधिकांश मरिसकेका थिए ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २९, २०७१