शनिबार, बैशाख २२, २०८१

उत्पादन कम भएकाले भारतबाट आयात गर्न बाध्य

mango &lichiविराटनगर, १९ जेठ । मोरङ जिल्लामा यस वर्ष आँप र लिचीको उत्पादन निकै कम भएकाले आँप र लिची उपभोक्ताले महङ्गोमा खरिद गर्न बाध्य छन् । गर्मी मौसमा तराईमा प्रशस्त उत्पादन हुने आँप र लिची यस वर्ष प्रतिकूल मौसमका कारण कम उत्पादन हुने कृषि विकास कार्यालय मोरङले जनाएको छ । उत्पादन कम भएकै कारण बजारमा अहिले लिची सयकडा रु २५० देखि ३०० सम्ममा बिक्री हुन्छ भने ग्रामीण क्षेत्रमा रु १५० देखि २०० सम्ममा बिक्री हुने गरेको छ ।
उत्पादनभन्दा माग बढिरहेकाले लिची महँगो भएको र यहाँका व्यापारी भारतको सहारनपुरबाट लिची आयात गरी बिक्री गरिरहेका छन् । यस्तै बजारमा अहिले पाइने बम्बै आँप प्रतिकेजी रु १२० मा व्यापारीले बिक्री गर्दछन् । आँप पाक्ने मौसम अहिले नभए पनि बोटबाट व्यापारीले काँचो आँप खरिद गरी गोदाममा रासायनिक पदार्थ कार्बाइड प्रयोग गरी पकाउने गर्दछन् । यस्तो आँपले मानवको स्वास्थ्यलाई निकै बिगार गर्ने गर्दछ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १९, २०७१