शनिबार, जेष्ठ ५, २०८१

रासायनिक प्रयोग नगर्न कृषिलाई अपिल

जुम्ला, १९ जेठ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले जुम्ला जिल्लाका सम्पूर्ण किसानलाई झारनाशक औषधि प्रयोग नगर्न अपिल गरेको छ । बर्सेनि किसानले लुकाइछिपाइ झारनाशक रासायनिक विषादी ब्युटाक्लर प्रयोग गर्ने र एग्रोभेटले पनि बिक्री गर्दै आएको पाइएको भन्दै त्यसको प्रयोगले पार्ने असरका बारेमा समस्त कृषक वर्गलाई सचेतना तथा चेतावनीका लागि कृषिले हार्दिक अपिल गरेको छ । रासायनिक विषादीको प्रयोगले माटो, जल, वातावरण, पशुपक्षी र समस्त मानव जीवनलाई नै असर पार्ने भएकाले अपिलमार्फत जनतालाई सचेत गराइएको कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जानकारी दिए । यता वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले विभिन्नखाले रासायनिक औषधि भित्रिन नदिन सिँजा क्षेत्रमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापनाको पहलका लागि विभागमा पत्र पठाएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १९, २०७१