बिहिबार, बैशाख २०, २०८१

व्यवसायिक तरकारी उत्पादन बढ्दो

काठमाडौं, १४ । युवाहरु व्यवसायिक कृषि तर्फ आकर्षित हुने क्रम बढ्दै गईरहेको छ । स्वदेशमा नै बेरोजगारीमा पिल्सिएका एवं विदेशबाट फर्केका युवाहरु समेत यस तर्फ बढ्ने क्रम जारी रहेको छ । विशेष गरी काठमाडौं उपत्यकाका सेरोफेरोमा टनेल खेती बढ्दै गईरहेको छ । उपत्यका बाहिरबाट विभिन्न सोच बोकेर आएका युवा पुस्ताहरु विदेशिनु भन्दा उपत्यका भित्रै जग्गा भाडामा लिएर व्यवसायिक रुपमा कृषि खेती गर्न थालेका छन् ।

काठमाडौं जिल्लाको जोरपाटी, नयाँपाटी, सुन्दरीज, डाँछी इन्द्रायणी साँखु लगायत स्थानहरुमा परम्परागत धान तथा गहुँको सट्टा उपत्यकाबाहिरबाट बसाई सरेर आउनेहरुले जग्गा भाडामा व्यवसायिक रुपमा गोलभेंडा, काउली, साग लगायतका तरकारी उत्पादनमा लागिरहेका छन् । उपत्यकाभित्रै व्यवसायिक रुपमा तरकारी खेती हुन थालेपछि तराई तथा भारतबाट आयात हुने तरकारी भने घट्न थालेको छ । जसका कारण उपत्यका बासीले ताजा तरकारी उपभोग गर्न पाएका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १४, २०७१