शुक्रबार, बैशाख ७, २०८१

मौरीपालन र च्याउखेतीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने

काठमाडौं, १३ जेठ । राष्ट्रिय योजनाले मौरी पालन व्यवसायलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले बताउनु भएको छ । कार्यक्रमका आधारमा राष्ट्रिय योजनाले आयोगले हरेक बर्ष कार्यक्ररुको बर्गिकरण गर्ने क्रममा यस बर्ष मौरीपालन, रेशम खेती तथा च्याउ खेतीलाई दोस्रो प्राथमिकतामा राखेकाले आगामी बर्षको योजनामा यसलाई पहिलो प्राथमिकताका कार्यक्रममा समाबेश गर्नु पर्नेमा श्रेष्ठले जोड दिनु भएको छ । Jagadis 5
मौरीले परागसेचनका मार्फतबाट कृषिमा पु¥याउने योगदान बृहत भएकाले र मौरीपालनबाट कृषि विकासमा परागसेचित बाली नालीमा बीउ तथा उत्पादनमाबृद्धि गर्नुका साथसाथै गुणस्तर बृद्धि गर्ने कार्यमा समेत मद्दत पु¥याउने गर्दछ । यसले स्याउमा १ सय ८० देखि ६ हजार ९ सय ५० प्रतिशतमा बृद्धि हुने तथ्याङ्कले देखाउँछ । फलफूलहरु मध्ये लिचीमा सवैभन्दा उत्पादन बृद्धि गराउने देखिएको छ । जसले ४ हजार ५ सय ३८ देखि १० हजार २ सय४० प्रतिशतसम्म बृद्धि गर्ने उहाँले बताउनु भयो । यसैगरी तोरीमा १ सयदेखि १ सय ३३ प्रतिशतसम्म बृद्धि हुने समेत उहाँले बताउनु भयो । यस्ता अप्रत्यक्ष फाइदाका कारणपनि योजना आयोगले प्राथमिकतामा पहिलो राख्नु पर्ने उहाँको तर्क छ ।
पछिल्लो समयमा युवा स्वरोजगारका लागि मौरीपालन तथा च्याउ उत्पादनमा युवाहरु आकर्षित भएको काठमाडौंमा मात्र दैनिक ८ देखि १० टन च्याउ उत्पादन एवं खपत भईरहेकोले राज्यले ब्यहोर्नु पर्ने बेरोजगारीको समस्या समेत समाधान गर्ने वैकल्पिक उपाय भएकाले मुलुकमा नै स्वआर्जन गरी रोजगारीबृद्धि गर्न पनि सरकराले च्याउ र मौरीपालनलाई समेत पहिलो प्राथमिकतामा राख्नु पर्ने उहाँको धारणा छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेका १० वटा मापदण्ड मध्ये ९ वटा मापदण्ड प्रत्यक्ष तथा १ वटा मापदण्ड अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने भएकाले रेशम खेती तथा व्यवसायिक कीट विकास कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उहाँको तर्क छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७१