शनिबार, बैशाख २२, २०८१

अस्पताल अगाडि बिषाक्त फलफूल

काठमाडौं, ५ जेठ । बजारमा अखाद्य पदार्थ भेटिने गरेको समाचार अव नयाँ रहेन । प्रशस्त मात्रामा अखाद्य पदार्थहरु भेटिन थालेका छन् । कृषि अनलाईनकै प्रतिनिधिले केहि दिन अगाडि पुल्चोकको एक पसलमा अखाद्य सामग्रीको फेला पारेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मार्फत तत्काल ती अखाद्य पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गर्न सफल भएको थियो । तर पसलमा राखिएका अखाद्य पदार्थ मात्र होइन अस्पतालका छेउमा विरामीहरुको लागि बेच्न राखिएका फलफूल जन्य पदार्थहरु रातारात पाक्ने गरी बिषादी प्रयोग गरी विक्री वितरण भईरहेको छ । विशेष गरी वीर अस्पताल, शिक्षण अस्पतालका छेउछाउमा र पसल भित्र राखिएका फलफूलहरु बिषादी प्रयोग गरिएको स्वयं व्यापारीहरु नै बताउँछन् । तर सम्वन्धित निकायले यस तर्फ ध्यान पु¥याउ सकेको छैन । prestisize
त्रिबि शिक्षण अस्पताल छेउ र बीर अस्पताल छेउ फलफूल पसलमा राखिएका फलफूलमा बिषादी प्रयोग भएको होला भन्न जिज्ञासामा बिषादी नहाले फलफूल चाँडै नपाक्ने भएकाले पनि औषधी प्रयोग गरेको स्वीकार गर्दछन् । बिषादी प्रयोग भएका फलफूल विरामीका लागि बेचिरहँदा पनि कार्वाही नहुनुले बिषादी प्रयोगको न्यूनिकरण गर्ने कार्यले सफलता पाउने विषयमा भने शंका देखिएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ५, २०७१