सोमवार, बैशाख २४, २०८१

व्यवसायिक कृषिका लागि ७७९ उपआयोजनाको तयारी

काठमाडौं, २७ बैशाख । व्यवासयिक कृषि तथा व्यापार आयोजनाले कृषक समूह सहकारीहरुलाई व्यवसायिक कृषि सञ्चालन गर्नका लागि प्रस्ताव आव्हान गरेका तेस्रो चरणको कार्यक्रममा २९१ वटा प्रस्तावहरु स्वीकृत गरेको छ ।
चारचरणमा माग गरेको आयशपत्रका आधारमा स्थलगत निरिक्षण समेत गरी हालसम्म आयोजनाले ५४७ उपआयोजनालाई स्वीकृत गरी २५६ वटा उपआयोजनाहरुसँग सम्झौता गरी कार्यक्रम नै सञ्चालन गरिसकेको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी आयोजनाले सो कुरा बताएको हो । आयोजनाका अनुसार चौथोपटक प्रकाशन गरेको आब्हानमा ७७९ मुल्य श्रृखलामा आधारित उपआयोजनाको मूल्यांकन गरी प्रमाणिकरणको लागि नतिजा प्रकाशन हुने क्रममा रहेको समेत आयोजनाले जनाएको छ । – प्रकृति कार्की

प्रकाशित मिति: शनिबार, बैशाख २७, २०७१