शुक्रबार, बैशाख १४, २०८१

कृषि प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण सुरु

इलाम, २० वैशाख । व्यावसायिक क्षेत्रमा लागेका किसानलाई सहयोग पु¥याउने उद्देश्यले कृषि प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण शुक्रबारदेखि इलाममा सुरू भएको छ । द ब्लुबेरी हिल च्यारिटेबल ट्रस्टको आयोजना र महिला जागरण सङ्घ इलामको संयोजनमा पाँच दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा विभिन्न क्षेत्रका  ६० जना सहभागी छन् । गाईपालन, बाख्रापालन तथा तरकारीखेती गरी तीन विधामा २०/२० जना सहभागी छन् । तालिममा इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमका जिल्ला पशुसेवा र कृषि विकास कार्यालयअन्तर्गत ग्रामीण भेगमा कार्यरत कृषि प्राविधिक सहभागी छन् । तालिमलाई शरदचन्द श्रेष्ठले तरकारीखेतीसम्बन्धी, डा माधवप्रसाद अर्यालले बाख्रापालन र डा बोलराज आचार्यले गाईपालनसम्बन्धी प्रशिक्षण दिइरहेका छन ।
गोठ तथा खोर व्यवस्थापन, पशुको आहारा, रोगको सङ्क्रमण, नश्ल सुधार, माटोको अम्लीयपना जाँच्ने, माटोको उपचार आदिका बारेमा सहजीकरण गरिने सफल परियोजना इलामका संयोजक सुदीप श्रेष्ठले बताए । तालिम प्राप्त सहभागीले आफ्नो कार्यक्षेत्रमा रहेका सहकारीमा आबद्ध सहकारीकर्मी, किसानलाई व्यावसायिक कृषिमा उन्मुख गराउन गाई, बाख्रापालन तथा तरकारीखेतीसम्बन्धी तालिम दिनुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए । कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, बैशाख २०, २०७१