शुक्रबार, बैशाख १४, २०८१

छ महिनापछि भारी वर्षा कृषक हर्षित

तेह्रथुम, २१ वैशाख । तेह्रथुम जिल्लामा छ महिनापछि भारी वर्षा हुँदा कृषक हर्षित भएका छन् । बाली लगाउने समय बितिसक्दासमेत पानी नपरेकाले जिल्लाका अधिकांश गाविसका कृषकले मकै छर्न र धानको ब्याड राख्न पाएका थिएनन् भने लेकाली तथा चिस्यान क्षेत्रमा यसअघि नै मकै र आलु छरे पनि प्रशस्त वर्ष नहुँदा बिरुवा राम्ररी सप्रन सकेको थिएन । जिल्लामा लामो खडेरीपछि बिहीबार र शुक्रबार भारी वर्षा भएकाले कृषक हर्षित भएका हुन् । पानी परेपछि गाउँका सबै कृषक मकै छर्ने तयारीमा जुटेका फाक्चामारा– १ का कृषक भीमराज लिम्बूले बताए ।
यता जिल्ला कृषि विकास कार्यालयले भने मकै छर्ने समय बितिसकेकाले छिटो पाक्ने अरूण १, २ र ३ जातको मकै छर्न कृषकलाई आग्रह गरेको छ । जिल्लाको ३२ गाविसमध्ये १२ सय हेक्टर क्षेत्रफलमा मकैखेती गर्ने गरिएको सो कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले जानकारी दिए । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, बैशाख २१, २०७१