सोमवार, बैशाख २४, २०८१

अवैध रूपमा ल्याउन लागेका कुखुराको चल्ला बरामद

वीरगन्ज (पर्सा), ३ वैशाख । पर्साको झौवाँगुठीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेस क्याम्प अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति नेपालमा प्रतिबन्धित एक हजार ५६० वटा भारतीय कुखुराको चल्ला बरामद गरेको हो । सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा अमरपट्टी नाका हुँदै नेपाल ल्याइएको भारतीय कुखुराको चल्ला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कुखुराको चल्ला वीरगन्जस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सामा बुझाइएको अमरपट्टी बेस क्याम्पले जनाएको छ ।
यसैबीच पर्साको ग्रामीण नाकाबाट भारतीय पक्षीजन्य वस्तुको आयात बढेपछि सशस्त्र प्रहरीले अभियान सञ्चालन रहेको सीमा सुरक्षा कार्यालय पर्साका प्रहरी उपरीक्षक हर्क रावलले बताउनुभयो । नेपालमा बर्डफ्लुमा जीवाणु देखिएपछि भारतबाट नेपालमा सरकारले पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । –कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख ३, २०७१