शुक्रबार, बैशाख १४, २०८१

जाजरकोटमा १९ सय कुखुराका चल्ला वितरण

जाजरकोट, २ वैशाख । जिल्ला पशुसेवा कार्यालय जाजरकोटले यहा“का किसानहरूलाई एक हजार ९०० उन्नत जातका कुखुरा वितरण गरेको छ । पशुसेवा कार्यालयले ढुवानी अनुदान दिएर न्यु हेम्पसायर र आस्ट्रोलोप जातका कुखुराका चल्ला वितरण गरेको बताएको छ । बा“केको खजुरास्थित कृÈि विकास फार्मबाट ल्याइएका कुखुराहरू लिनका लागि किसानहरूको भीड लागेको कार्यालयले बताएको छ । किसानका मागअनुसार चल्ला नहँुदा कतिपयले दिनभरी लाममा बसेर पनि चल्ला नपाएको खलङ्गा–२ का रामबहादुर पुनले गुनासो बताए । कार्यालयले प्रतिकुखुरा रु १०५ का दरले प्रतिव्यक्ति १२ वटा कुखुरा वितरण गरेको थियो । न्यु हेम्पसायर र आस्ट्रोलोप जातका कुखुराको मासु र अण्डा प्रयोजनका लागि महत्वपूर्ण भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २, २०७१