आइतवार, जेष्ठ ६, २०८१

कृषि नीतिका लागि सुझाव सङ्कलन

बनेपा, ३ वैशाख । पशुसेवा विभागले पशु नीति २०७० का लागि काभ्रेमा सुझाव सङ्कलन गरेको छ । राष्ट्रिय कृषि नीति २०६१ अनुसार कृषि क्षेत्रका कार्यक्रम तर्जुमा तथा सञ्चालन हुँदै आए पनि ती कार्यक्रम प्रभावकारी हुन नसकेकाले पशु नीति २०७० लाई दिगो नीतिका रुपमा अघि बढाउन सुझाव सङ्कलन थालिएको विभागले जनाएको छ । कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा नरबहादुर रजवारले स्थानीयस्तरका पशुपालक कृषक र व्यावसायिक कृषकको भावना समेट्ने गरी पशु नीति २०७० को अन्तिम तयारी भएको जानकारी दिँदै विभागले एक गाविस एक भेटेनरी प्राविधिक र पशुपक्षीको महामारीबाट भएको क्षतिको राहत उपलब्ध गराउने गरी राहत कोष खडा गरी उचित राहत उपलब्ध गराउने विषयलाई नीतिमा समावेश गराइने बताए ।

प्रकाशित मिति: बुधबार, बैशाख ३, २०७१