शुक्रबार, बैशाख ७, २०८१

बगरमा गरिएको तरकारीखेतीबाट लाखाँै रुपैयाँ आम्दानी

riverside vegetable gardenतुलसीपुर (दाङ), २ वैशाख । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका दाङ देउखुरीका राप्ती नदीसँगै आसपासमा बसोबास गर्दै आएका सयौँ किसान अहिले बगरमा गरिएको तरकारीखेतीबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । त्यस भेगका सात गाविसका सयौँ किसान अहिले भने बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका छन् । अहिले सो क्षेत्रका गढवा, गगापरस्पुर, सोनपुर, सिसहनिया लगातका सात गाविसका करिब ५०० बढी किसानले बगर तरकारीखेतीबाट राम्रो कमाइ गरिरहेका छन् । राप्ती नदी आसपासका सात गाविसमा ५५७ किसानले बगरखेतीबाटै एक सिजनमा एक जनाले रु ६० हजारसम्म आम्दानी गरेको तरकारीखेती गरिरहेकी प्रमिला चौधरीले बताए । उनका अनुसार राप्ती नदीले कटान गरेर बगर बनाएको १०० हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यति बेला राम्रो कमाइ गरिरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २, २०७१