बिहिबार, बैशाख २०, २०८१

बर्डफ्लुको जोखिममा रोक्न सप्तरीमा सतर्कता

सप्तरी, २३ फागुन । बर्डफ्लुको मारमा परेका किसानहरु अझैपनि बर्डफ्लु त्रासमा नै बसिरहेका छन् । सप्तरी जिल्ला बर्डफ्र्लुको दृष्टिकोणले उच्च जोखिम जिल्लाको सूचीमा  परेपछि सप्तरीमा बर्डफ्लु रोग भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । सप्तरी जिल्लास्तरीय बर्डफ्लु प्राविधिक नियन्त्रण समितिा आयोजना गरेको बर्डफ्लुसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले बर्डफ्लु रोग भित्रिन नदिन भारतीय सीमा क्षेत्रसँग जोडिएका नाकामा निगरानी बढाएको बताउनुभयो ।
खुल्ला सिमानाका कारण भारतीय बजारबाट कुखुरा, चल्ला, अण्डालगायतका पंक्षीजन्य पदार्थ भित्रिन नदिन सुरक्षा निकायहरूसँग समन्वय गरेर निगरानी बढाएको बताउँदै उहाँले भारतीय नाकासँग जोडिएको सप्तरीको विभिन्न स्थानमा प्राविधिकसहितको टोलीलाई तयारी अवस्थामा राखिएको छ भन्नुभयो । उहाँले बर्डफ्लु रोगको शङ्का लाग्नेबित्तिकै पशु प्राविधिकको टोली परिचालन गरी पहिचान गर्ने र नष्ट गर्ने प्राविधिकको टोलीलाईसमेत तयारी अवस्थामा राखिएको जानकारी दिनुहुँदै सप्तरीमा अहिलेसम्म बर्डफ्लु रोग नरहेको दाबीसमेत गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २३, २०७०