शनिबार, बैशाख ८, २०८१

खाद्यान्नमा हानिकारक तत्व प्रयोग नगर्न कृषि मन्त्रीको आग्रह

काठमाडौँ, २३ फागुन । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले खाद्यान्न उत्पादनदेखि उपभोगसम्म हानिकारक तत्वको प्रयोगले मानव, बिरुवा र जनावरको स्वास्थ्य स्थितिमा नकारात्मक प्रभाव पारिरहेकाले त्यस तर्फ सचेत रहन आग्रह गर्नु भएको छ ।
कृषि विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुणस्तर विभागद्वारा आयोजित जैविक सुरक्षा नीति तथा कार्यान्वयन संंरचना तर्जुमा गर्ने आयोजित कार्यशालाको प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री पराजुलीले त्यस्ता नकारात्मक प्रभावलाई न्यून गर्न जैविक सुरक्षा नीतिको आवश्यकताको विश्वभर महसुस गरिएको बताउनुभयो ।
सो कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले जैविक विविधताका हिसाबले नेपाल विश्वमै धनी मुलुकका रूपमा रहेकाले नेपालले अन्तर्राष्ट्रिय बजारमा विविधतापूर्ण खाद्यान्न, पशुजन्य र जैविक उत्पादन पु¥याउन दिगो जैविक नीति आवश्यक भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा आयोजक खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाले खाद्यान्न चक्र र दिगो कृषिजन्य अभ्यासमा एकीकृत अवधारणा नीतिको कार्यान्वयन बिना खाद्य सुरक्षा हासिल गर्न चुनौती रहेकाबताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २३, २०७०