शुक्रबार, जेष्ठ ४, २०८१

गोर्खाका शिक्षकहरु च्याउखेतीतिर

काठमाडौं २३, फागुन । शाहाकारी भोजन गर्नेहरुका कारण बजारमा च्याउको माग बढ्न थालेपछि गोर्खा जिल्लाका शिक्षकहरु च्याउ खेतीतिर आकर्षित हुन थालेका छन् । विगतमा केही किसानहरुले व्यवसायिक च्याउ खेती गरेको भएपनि त्यत्ति धेरै फस्टाउन नसकेपनि पछिल्लो समयमा च्याउको माग बढ्दै जाँदा व्यवसायिक च्याउखेती गर्नका लागि तालिम समेत लिन थालेका छन् । गोर्खा जिल्लामा शिक्षकहरुले सामूहिक रुपमा च्याउ उत्पादनमा सक्रिय भएपछि अन्य किसानहरु पनि च्याउखेतीमा आकर्षित भएका छन् । शिक्षकहरुद्धारा उत्पादित च्याउ विक्रीका लागि तयार भएको पहिलो दिनमा नै २० हजारको च्याउ विक्री गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २३, २०७०