शुक्रबार, बैशाख १४, २०८१

बाग्लुङ्गमा कोदो उत्पादन बढ्यो

बागलुङ, २० फागुन । अन्य खाद्यबालीहरुको तुलनामा कमै उत्पादन गर्न खोजिने गरिएको कोदो वाली पछिल्लो समयमा फस्टाउन थालेको छ । कोदोको उपयोग जे जस्तो खाद्य सामग्रीमा प्रयोग गर्न खोजिएको भएपनि कोदोको उत्पादनका किसानहरु लाग्नुलाई शुभ संकेतका रुपमा नै लिइन थालिएको छ । त्यसैले पनि बाग्लुङ्ग जिल्लामा गत वर्षको तुलनामा जिल्लामा यो वर्ष कोदो उत्पादनमा पाँच प्रतिशले वृद्धि भएको छ । kodo
मौसमको अनुकूलता र उन्नत जातको बीउका कारण उत्पादन बढेको जिल्ला विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।
जिल्लामा धान, मकैपछि खाद्य बालीका रूपमा कोदोे बढी प्रयोग हुने गरेको छ । ग्रामीण क्षेत्रमा भने धान कम उत्पादन हुने भएपछि कोदो नै मुख्य बालीका रूपमा रहेको छ ।
जिल्लामा व्यवस्थित रूपमा कोदोखेती गर्न नसकिए पनि उत्पादन भने बढ्दै गएको र पाँच वर्षभित्रमा यसबाट बागलुङलाई खाद्यबालीका रूपमा आत्मनिर्भर बनाउने तयारी भएको अधिकृत रिजालले बताउनुभयो ।
जिल्लाका अधिकांश ठाउँमा मकैबारीभित्र कृषकले कोदोखेती गर्ने गरेका छन् । बागलुङमा रहेको ३० हजार ४०० हेक्टर खेती गरिएको जग्गामध्ये १८ हजार हेक्टरमा कोदोबाली लगाइएको कार्यालयले जनाएको छ ।
सो क्षेत्रफलमा लगाइएको कोदोबाट हरेक वर्ष २१ हजार मेट्रिक टन कोदो उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । कृषकले कोदोको नलसमेत पशुचौपायालाई घाँसका रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७०