बिहिबार, चैत्र १५, २०८०

कृषि विकास मन्त्रालयको बेरुजु ८८ करोड ८७ लाख

काठमाडौं, २० फागुन । कृषि विकास मन्त्रालयको बेरुजु ८८ करोडग ८७ लाख रुपैयाँ रहेको महालेख परिक्षकको कार्यालयले जनाएको छ । कृषि विकास मन्त्रालयद्धारा आयोजित कृषि विकास मन्त्रालय मातहतका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुको लागि आर्थिक प्रशासन र बेरुजु फछ्यौट सम्वन्धि गोष्ठिमा महालेखा परिक्षक कार्यालयका निर्देशक बलबहादुर कार्कीले कृषि विकास मन्त्रालय र मातहतका कार्यालयको गत बर्षमा सो बेरुजु रहेको बताउनु भएको हो । बेरुजु यति धेरै रहनुमा बेसमयमा सरुवा हुनु एवं कर्मचारीहरुले अधिकार खोज्ने तर जिम्मेवारी नलिने गरेकाले बेरुजु झन् झन् बढ्दै गईरहेको बताउनु भयो ।
सो गोष्ठिमा कृषि विकास मन्त्रालयका सहसचिव मोहन चापागाईले आर्थिक अनुशासनामा चुनौति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७०