शनिबार, बैशाख ८, २०८१

आज कालिमाटी तरकारी तथा फलफूल बजार बन्द

काठमाडौँ, २० फागुन । कालिमाटीस्थित तरकारी तथा फलफूल विकास समितिअन्तर्गत रहेको सुपथ बजार आज सञ्चालन हुन सकेन ।

सो बजारअन्तर्गत रहेको तरकारी थोक बजार व्यवसायी संस्थाले दुई वर्षअघि आगोलागी भएको बजारको पुनः निर्माण तथा त्यस घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति नपाएको भन्दै आज बजार बन्द गराए ।
विसं २०६८ फागुन २० गते सो बजारमा विद्युत् सर्ट भई पाँच जनाको मृत्यु तथा करिब रु १० करोडको क्षति भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७०