शुक्रबार, बैशाख १४, २०८१

कृषि विकास मन्त्रालय सिसिटिभिको निगरानीमा

काठमाडौं, जेठ । नेपाल सरकारलका यातायात व्यवस्थाप कार्यालय वा श्रम विभागमा हुने अनियमितता रोक्नका लागि सिसिटिभि जडान गरिएको हो । प्रहरी सुरक्षाका लागि संवेदनशील स्थानहरुमा सिसिक्यामरा जडान गर्ने गरिएको सुनेकै हो र देखेको पनि । तर विगतमा कुनै राजनीतिक दलहरुले पनि छान्न नमान्ने कृषि विकास मन्त्रालय यतिखेर सवैको आँखी भएछ र कि क्याहो र अहिले सो मन्त्रालय सिसिटिभीको निगरानीमा राखिएको छ । cct
कृषि विकास मन्त्रालयको प्रवेशद्धार बाहिर र भित्र दुई दुईवटा सिसि क्यामरा जडान गरी मन्त्रालयलाई अति नै सुरक्षित बनाउन खोजिएको अनुमान लगाउन सकिन्छ । वैक वित्तिय संस्थाहरुमा जस्तै कृषि विकास मन्त्रालयमा प्रवेशद्धार देखि नै जडान गरिएको सिसि क्यामराको उपलब्धी के हुन सक्ला ? धेरैले चासो लिएका छन् । मन्त्रालयमा सिसि क्यामरा जडान पश्चात कि त मन्त्रालय असुक्षित भएको मान्न सकिन्छ कि त कृषि विकास मन्त्रालयमा पनि विचौलियाहरुको विगविगी बढ्न थाल्यो कि भन्ने अनुमान कृषि विकास मन्त्रालय कै कर्मचारीहरुले लगाउन थालेका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७३