मङ्लबार, बैशाख २५, २०८१

कृषिबाट मुलुकको विकास

कलैया, ६ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले कृषिक्षेत्रको विकासबाट नै मुलुकको विकास हुने भएकाले चिनी उद्योग, कृषि औजार उद्योगलाई निजी कम्पनीलाई भाडामा दिएर पनि सो उद्योग चलाउने सरकारको योजना रहेका बताएका छन् । बाराको भोडाहामा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले कृषि उत्पादन आयातलाई प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै औद्योगिकीकरण, जलस्रोत, पर्यटक र कृषिलाई विकास गर्ने सरकारको मुख्य लक्ष्यसमेत रहेको समेत बताए ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७३