काठमाडौँ, ५ माघ । नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेको कृषि विकास बैंकले २०७४ असारमसान्त सम्ममा चुक्तापुँजी रु आठ अर्ब पु¥याउने स्पष्ट गरेको छ । बैंकले आफ्नो ४९ आँै वार्षिकोत्सवको तयारी बारे जानकारी गराउन आयोजिन पत्रकारसम्मेलनमा चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिअनुसार वाणिज्य बैंकको चुक्ता पूँजी अनिवार्य रुपमा रु आठ अर्ब पु¥याउनुपर्ने नियमबाट बैंकलाई कुनै कठिनाइ नहुने बताएको हो ।
उक्त पूँजीमा अग्राधिकार सेयरबापतको रकम गणना गर्न नमिल्ने बाध्यात्मक व्यवस्था भए पनि बैंकले नयाँ पुँजी योजना वृद्धिका लागि सरकारबाट सहमति प्राप्त भई आवश्यक प्रक्रिया अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बताए ।
बैङ्कले हाल वाणिज्य बैकिङ विकास वित्त तथा लघु वित्त कार्यक्रम एकसाथ सञ्चालन गरिरहेको र सेवाग्राहीलाई सेवा पु¥याउने क्रममा स्थापनाकालदेखि हालसम्म रु. छ अर्ब कर्जा प्रवाह गरिसकेको जानकारी दिँदै उनले रु पाँच खर्ब ४५ अर्ब कर्जा असुली गरेको र रु ७३ अर्ब र १५ करोड कर्जा लगानी गरेको बताए । त्यसैगरी बैङ्कले आर्थिक वर्ष २०७१/७२ मा रु. ८५ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको, आर्थिक वर्ष २०७१ वर्ष २०७१/७२ मा रु ७५ अर्ब ६० करोड साँवा असुली गरेको तथा सोही आवमा रु आठ अर्ब ५६ करोड व्याज असुली गरेको जानकारी पनि उनले दिए ।
पत्रकारसम्मेलमा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७१/७२ मा बैङ्कले कुल रु ७६ अर्ब ९० करोड निक्षेप सङ्कलन गरेको र रु एक अर्ब ७१ करोड सञ्चालन मुनाफा आर्जन गरेको बैंकको चालु आवको मङ्सिर मसान्तसम्ममा कर्जा प्रवाह रु ३१ अर्ब ५० करोड, साँवा असुली रु ३० अर्ब ४६ करोड, ब्याज असुली रु तीन अर्ब ४३ करोड र करिब नौ लाख निक्षेपकर्ताबाट निक्षेप सङ्कलन रु ८२ अर्ब ३२ करोड भई गत वर्षको सोही अवधिको भन्दा २०.९१ प्रतिशतले वृद्धि भएको छ भने लगानीमा रहिरहेको कर्जा रु ७३ अर्ब १५ करोड भई गत वर्षको सोही अवधिको भन्दा ११.२३ प्रतिशतले वृद्धि भएको छ ।
Add Comment