शुक्रबार, बैशाख १४, २०८१

भक्तपुरमा दूध उत्पादन घट्दै

भक्तपुर, ५ माघ । भारतीय नाकाबन्दीले बजारमा दाना सहज नभएर यहाँका दुधालु पशु परालको भरमा आश्रित हुँदा दूध उत्पादन आधाले घटेको छ । परालको भरमा उत्पादित सीमित दूध पनि बजारमा ढुवानी गर्न नसकिँदा किसान घाटाले घाटा खानुपर्ने अवस्था आएको छ ।
नाकाबन्दीले बजारमा दाना उपलब्ध नहुँदा पशुहरु बचाउन नै किसानलाई समस्या पर्दै आएको छ । हरियो घाँस नहुने यस सुख्खा मौसममा खेतबारीमा हरियो घाँस पाइँदैन । दूध लिनेभन्दा भएका पशु जोगाउन नै किसानलाई समस्या पर्न थालेको छ ।
भूकम्पले थलिएका किसान नाकाबन्दीपछि पशुपालनबाट विस्थापित हुने स्थितिमा पुगेको पुगेका छन् । जिल्ला पशु सेवा कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ पशु चिकित्सक बलबहादुर चन्दले पौष्टिक आहारा कम भएपछि दूध उत्पादन घट्नु स्वाभाविक भएको बताउंदै नाकाबन्दीले बजारमा दाना उपलब्ध नहुँदा पशुपालक किसान मारमा परेको बताए ।

प्रकाशित मिति: मङ्लबार, माघ ५, २०७२