बुधबार, बैशाख २६, २०८१

खोटाङमा कृषि प्रदर्शनी

खोटाङ, ६ माघ । खोटाङ जिल्लाका किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले बुधबारदेखि सदरमुकाम दिक्तेलमा दुई दिने वृहत कृषिमेला एवम् कृषि प्रदर्शनी सुरु भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचारप्रसार एवम् प्रतिस्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्न प्रदर्शनीको आयोजना गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
सो कृषि प्रर्दशनीमा विभिन्न प्रजातिका खाद्यबाली, फलफूल, तरकारी, सागपात, दलहन तथा तेलहन, आलु, मसला, माछा, अलैंची, उखुलगायत स्थानीय रैथाने जातका कृषि उपजका स्टल राखिएका छन् । सात वर्षदेखि निरन्तर कृषि मेला प्रदर्शनीको आयोजना गरिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ६, २०७२