मङ्लबार, बैशाख १८, २०८१

तरकारी खेतीतर्फ आकर्षित

महोत्तरी २९ मंसिर । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका माइस्थान, गौरीवास, किसाननगर एवम् पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा  र लक्ष्मीनिंयालगायतका गाविसका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गरिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाउने यहाँका किसानले परम्परागत खनजोत र प्राङ्गरिक मलको प्रयोगबाट नै प्रसस्त उत्पादन हुन थालेपछि विषादी र रासायनिक मलको प्रयोग गर्न छाडेका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २९, २०७२