शुक्रबार, चैत्र १६, २०८०

जुम्लामा रैथाने बाली बचाउँदै

जुम्ला, २९ मंसिर । परनिर्भरताका कारण मुलुकले ठूलो हण्डर खानुपरेको अवस्थालाई अध्ययन गर्दै जिल्लामा आत्मनिर्भर समाज निर्माण गर्न यहाँको रैथाने बाली बचाउ अभियान थालिएको छ ।
विसं १८४८ पूर्व खस राज्य हुँदा आफ्नो उत्पादन निर्यात गरेको कर्णाली पुनःआत्मनिर्भर बन्नसक्ने सम्भावना देखेर यो अभियान थालिएको छ ।
कर्णालीमा अहिले जौ, गहुँ, कोदो, मकै, कालीमार्सी धान, फापर, उवा, मार्सेगहत, गुराँस, चिनो, कागुनोलगायतका बाली प्रशस्त उत्पादन हुन्छ । यसको संरक्षण, विकास र उत्पादनमा जोड दिन अभियान थालिएको हो ।  आयातमा कर्णालीवासी निर्भर भएका कारण रैथानेबाली उत्पादनमा कमी आएको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २९, २०७२