शुक्रबार, चैत्र १६, २०८०

अकबरे खुर्सानीको उत्पादन बढ्यो

पाँचथर, २ पुस । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा अकबरे खुर्सानी उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष ११४ हेक्टर क्षेत्रफलमा लगाइएको खुर्सानी अहिले १६६ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष ८७२ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो भने यस वर्ष एक हजार २६९ मेट्रिक टन उत्पादन भएको कृषि कार्यालयका प्रमुख वेनु प्रसार्इंले जानकारी दिएका छन् । उनका अनुसारजिल्लाको चिलिङदेन, फाक्तेप, आङसराङ, रवि, पौवासारतापलगायत गाविसमा उत्पादन भएको खुर्सानी झापा, मोरङ हुँदै काठमाडौँसम्म निर्यात हुने गरेको छ । यस्तै उत्पादित खुर्सानी पाँचथर र इलामको सिमाना राँके तथा पञ्चमी वजारमा अचार बनाएर बिक्रीसमेत गर्ने गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस २, २०७२