आइतवार, बैशाख २३, २०८१

बहुर्राष्ट्रिय कम्पनीका कारण किसान मारमा

ललितपुर, ८ मंसिर । दक्षिण एसियामा भएको धेरै उर्वर जमिन बहुर्राष्ट्रिय कम्पनीले प्रयोग गर्दै आएकाले भूमिहीन किसानलाई समस्या परेको बताइएको छ ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र अन्तर्राष्ट्रिय भूमि सुधार सञ्जालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले आम्दानी लिन सकिने राम्रो जमिनमा विभिन्न किसिमका उद्योगधन्दा सञ्चालन गर्दा समस्या परेको धारणा राखेका छन् ।
अन्तर्राष्ट्रिय भूमि सञ्जालका सहअध्यक्ष रोसान जहान मनिले पुरुष वैदेशिक रोजगारमा जाने गरेकाले पनि धेरै महिला खेती किसानी गर्न बाध्य रहनुपरेको र जमिनप्रतिको हकअधिकार महिलालाई नभएको प्रति गुनासो गर्दै जग्गा जमिनको स्वामित्व महिलामा हुनुपर्नेमा जोड दिएका छन् ।
उनले सरकारले नै उर्वर जमिनमा उद्योगधन्दा खोल्न नपाउने र जमिन खाली राख्नसमेत नपाउने भूमिसम्बन्धी स्पस्ट नीति बनाउनुपर्ने विचार राखे ।
सो अवसरमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका सल्लाहकार जगत बस्नेतले बहुर्राष्ट्रिय कम्पनीले जग्गा लिने समयमा कृषकलाई समेत थाहा नहुने भएकाले पूर्णरुपमा खेतीयोग्य जमिन कृषकको अधिकारभित्र पर्नुपर्नेमा जोड दिँदै किसानमुखी अर्थतन्त्रको प्रवद्र्धन गरिनुपर्ने बताए ।

प्रकाशित मिति: सोमवार, मंसिर ८, २०७१