बिहिबार, बैशाख १३, २०८१

डोल्पामा रहेको ह्याचरी उद्योग बन्द

डोल्पा, ८ मंसिर । डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको विश्वकै उचाइमा रहेको त्रिपुरा सुन्दर ह्याचरी उद्योग बन्द अवस्थामा रहेको छ ।
यो उद्योग सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग इआइजी नामक संस्थाले गरेपनि अहिले यस संस्थाको कार्यक्रम सकिएपछि बन्द भएको इआइजीका संयोजक नवराज बिसीले बताएका छन् । यो उद्योग विशेष गरेर डोल्पाका विपन्न, एकल महिला, गरिब, आर्थिक अवस्था कमजोर भएका महिलाको जीवनस्तरमाथि उकासी आयआर्जनमा आत्मनिर्भर बनाउन र आयआर्जनबाट जिल्लाभरीमा रहेका कुपोषित बालबालिकालाई पोषणयुक्त खानपान गर्नको लागि २०६७ सालमा स्थापना भएको थियो ।
विश्वको उचाइमा रहेको एकमात्र उद्योग अनुगमनको लागि अमेरिकी सहयोग संस्था युएसए आइडीमा काम गर्ने अमेरिकन डाक्टरसमेत आएर अनुगमन गरेको बिसीले बताए ।
यस उद्योगको स्थापना र मेसिन खरिदका लागि किर्डाक नेपाल डोल्पा नामक संस्थाले नगद रु ६ लाख १५ हजार सहयोग गरेको थियोे ।
यस उद्योगले स्थापना भएको दुई वर्षसम्म कुखुरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेता पनि विसं २०६७ देखि हालसम्म बन्द अवस्थामा रहेको छ ।
उद्योगले नेपालगन्जबाट उन्नत जातका अन्डा ल्याएर चल्ला उत्पादन गरी जिल्लाका विपन्न महिलालाई सहुलियत रकममा बिक्री वितरण गर्दै आएको थियो ।

प्रकाशित मिति: सोमवार, मंसिर ८, २०७१