मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रिय सभाका अध्यक्ष भेट्न सिंहदरबार पुगे इजरायली राजदूत हनान

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोदर र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालवीचवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत र अध्यक्ष दाहालवीच भेटघाट भएको हो ।

भेटका क्रममा अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीहरूमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गरेका थिए ।

साथै अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरू इजरायलमा रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरेका थिए ।

भेटका क्रममा इजरायली राजदूत हानन गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ठ रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरूका हिसाबले निकै धनी रहेको बताए ।

उनले लर्न एण्ड अर्न कार्यक्रम आफूले नै पहल गरेर शुरु गरेको उल्लेख गर्दै उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको दाहाललाई जानकारी गराएका थिए । इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए दिए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०८०