सोमवार, बैशाख २४, २०८१

पहिलो हर्टिकल्चर मेला शुरु, मन्त्री भन्छन् उत्पादनका लागि जग्गाको व्यवस्था गछौं

काठमाडौं । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले नेपालमा नर्सरी उत्पादनका लागि आवश्यक जग्गाको व्यवस्था आफूले गर्ने आश्वासन दिएका छन् । नर्सरी व्यवसायी संघको आयोजनामा शुक्रबारबाट शुरु भएको ‘नेशनल हर्टिकल्चर एक्स्पो २०८०’ उद्घाटन गर्दै मन्त्री सुठीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले रोजगारीका लागि उत्पादनलाई प्राथमिकता दिँदै आईरहेको बताउँदै मन्त्री सुडीले नर्सरी व्यवसायीहरुको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको समेत बताए ।

उनले नर्सरीका लागि काठमाडौंमा जग्गा समस्या भएको व्यसायीहरुको गुनासो भएको भन्दै मन्त्री सुठीले त्यसका लागि वन मन्त्रालय मातहतमा रहेको जग्गा २० देखि ४० वर्षसम्मका लागि भाडामा दिएर उत्पादनमा जोड दिने तयारी सरकारले गरिरहेको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उध्योग महासघको बस्तुगत उपाध्यक्ष  मोहन कटवालले कृषिवन उत्पादनमा संलग्न भएका किसानहरु पलायन हुनु पर्ने अवस्था आईसकेको बताए । उनले राज्यको नीतिका कारण पनि आफूसँग भएको श्रोत साधन विक्री गरेर विदेश जानु पर्ने वाध्यता आउन लागेको बताए ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेम दंगालले राष्ट्रिय किसान आयोगले पुष्प व्यवसाय प्रवद्र्धन नीति परिमार्जन गर्नु पर्ने औल्याउँदै आयोगले कतिपय काम गर्न नसकेको बताए । उनले आयोग नीति निर्माणका काममा भने जुटिरहेको जानकारी दिए ।

कार्यक्रममा नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले नर्सरी व्यवसायीहरुमो हक हितका लागि आफूहरु लागिरहेको बताउँदै राज्यले नर्सरी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताएका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु भएको एक्स्पो चैत १९ गतेसम्म चल्ने छ । एक्स्पोमा ९० वटा स्टल रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत्र १६, २०८०