आइतवार, बैशाख १६, २०८१

महाप्रवन्धक पछि बजार प्रमुख कै हैसियतमा जागिर खाने प्रयासमा सञ्जिव झा, मन्त्रीका स्वकीय सचिव र झा वीचको लेनदेन विवाद बढ्दै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले मन्त्रालय तानिरहँदा अदालत पुगेर अन्तरिम आदेश लिएर फर्केका दुग्ध विकास संस्थानका महाप्रवन्धक सञ्जिव झा पैसा र पदका लागि जे पनि गर्न तयार हुन्छन् । पद र पैसाका लागि जे पनि गर्न तयार हुने पदलोलुप मध्ये सञ्जिव झा वाँकी रहेको करीव दुई महिना महाप्रवन्धक पद खाने र त्यसपछि पुन ः पुरानै बजार प्रवन्धक पद खानका लागि अहिले कर्मचारी विनियमावली नै परिवर्तन गर्न लागेका छन् ।

महाप्रवन्धक हुनु अघि नै बजार प्रवन्धक हुँदा आर्थिक चलखेलमा माहिर देखिएका झा महाप्रवन्धक हुँदा तात्कालिन कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादवका पालामा आर्थिक प्रभावमा नियम विपरित फर्जी कागज पेश गरेरै महाप्रवन्धक बन्न सफल भएका झा अहिलेका मन्त्रीले किसानलाई दिनु पर्ने भुक्तानी नदिएको र संस्थानको रकम व्यक्तिगत प्रयोग गरेको आरोपमा मन्त्रालय झिकाएका थिए । तर झाले अन्तरिम आदेश ल्याई पुन जिम्मवारी वहन गरिरहेका छन् ।

अन्तरिक आदेश लिएर काम गर्न थाले लगतै उनले विज्ञापन कै बलमा केही आफूलाई ठूला सञ्चारगृह भन्नेलाई आफ्नो पक्षमा लिन सफल भए । झाले गरेको भ्रष्टाचारको ठूला अक्षरले समाचार लेखेको भोली पल्टै संस्थानको विज्ञापन छापेर झाका गल्ती कमजोरी लुकाउने प्रयास गरे ।

अहिले त्यही आडमा झा महाप्रवन्धकको म्याद सकिएसँगै पुन आफ्नो विगतको जिम्मेवारी बजार प्रवन्धकका रुपमा जागिर खान मिल्ने गरी दुग्ध विकास संस्थानको बोर्ड वैठकबाट कर्मचारी नियमावली नै संशोधन गर्न लागिरहेको छन् ।

उनको त्यस्तो हर्कतलाई संस्थानमा क्रियाशील रहेका कर्मचारी संघसंगठनहरुले मौन स्वीकृत जनाउनुले कर्मचारीलाई उनले थर्कमान बनाएको र कार्यसम्पादन मूल्याकन काटिदिने धम्की दिएको समेत खुल्न आएको छ ।

झाले बजार प्रमुखहुँदा नै आर्थिक अनियमितता गरी संस्थान डुवाएर ग्रिन हिल सिटीमा अपार्टमेण्ट खरिद गरेको समेत श्रोतले दावी गरेको छ । यद्यपी पछिल्लो समय कृषि मन्त्री बेदुराम भुसाल, उनको सचिवालले आफूसँग रकम माग गरेको भन्दै सार्वजनिक समेत गर्न भ्याएका छन् ।

झाले मन्त्रीको सचिवालयले आफूसँग रकम माग गरेको भन्दै सञ्चार माध्यममा लेखाउन सफल भए पनि मन्त्री सचिवालयले भने त्यसको खण्डन समेत गरेको छैन । अलिहे मन्त्रीको सचिवालय र झा वीचको लडाई छरप्रष्ट भईरहेको छ ।

उनले सचिवालयलाई कति कमिशन बुझाए त्यो पनि स्पष्ट भन्न सकेका छैनन् भने माग गरेको दावी मात्र गर्दै आईरहेका छन् । त्यस्तै मन्त्रीका पिए शुशिल भट्टराईले महाप्रवन्धकले रकम मागेको आरोप लगाईरहँदा त्यसको खण्डन समेत गर्न सकेका छैनन् ।

बरु यही मेलोमा झाले दुग्ध विकास संस्था सञ्चालक समिति र त्यसका अध्यक्षलाई समेत प्रभावपारी महाप्रवन्धकको समय सकिने वित्तिकै पुरानै पदमा जागिर खाने कसरत गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ १६, २०८०