आइतवार, बैशाख २३, २०८१

कृषि अनलाइनका सम्पादकलाई उत्कृष्ठ कृषि पत्रकारिता सम्मान

काठमाडौं । कृषि अनलाइनका सम्पादक वैकुण्ठ भण्डारी उत्कृष्ठ कृषि पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । आईतवार नेपाल डेरी एशोसिएनले आफ्नो रजत दिवसको अवसरमा सम्पादक भण्डारीलाई सम्मान गरेको हो । विगत पच्चीस बर्षदेखि पत्रकारितामा क्रियाशील रहनु भएका भण्डारीले विधागत पत्रकारितामा विगत १३ वर्षदेखि कृषि क्षेत्र अंगाल्दै आईरहेका थिए ।

नेपालको विषयगत रुपमा पहिलो कृषि साप्ताहिकका संस्थापक सम्पादक समेत रहेका भण्डारीले सोही बेलादेखि कृषिको विषयगत डिजिटल पत्रिका कृषि अनलाईनको सम्पादकको भूमिका समेत निर्वाह गर्दै आएका छन् । दुग्ध क्षेत्रको हित र प्रवद्र्धनका लागि पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै एशोसिएसनले उत्कृष्ठ कृषि पत्रकारिता सम्मान गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवती रमण पौडेलले डेरी एशोसिएसननको रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा भण्डारीलाई कदर पत्र सहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति: आइतवार, माघ ७, २०८०