आइतवार, बैशाख १६, २०८१

गुणस्तरहीन तेल तथा ध्यू उद्योगका साहुसँग महानिर्देशकको सम्वन्ध किन नजिक

काठमाडौं । गुणस्तरहीन ध्यू तथा तेल उद्योगका साहुहरुसँग कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यको नजिकिएको सम्वन्ध अहिले सिंहदरबार मात्र होइन प्रदेश स्तरका कार्यालयहरुमा समेत निकै चर्चा हुन थालेको छ ।

खाद्य सामग्रीहरुको सुरक्षा तथा गुण नियम गरी कार्वाहीका लागि सिफारिस गर्ने सरकारी संस्थाका रुपमा स्थापना गरिएको विभागकी महानिर्देशक मतिना बैद्यले बजारमा गुणस्तरहीन ध्यू तथा तेल विक्री वितरण भईरहँदा पनि नमुना संकलन गर्न रोकेको गुनासो बढेको छ ।
काठमाडौं उपत्यका भित्र मात्र होइन तेल तथा ध्यू बढी खपत हुने विराटनगर, नेपालगञ्ज, भैरहवा धनगढी, जनकपुर, हेटौडा, पोखरा लगायतका प्रदेश स्तरीय कार्यालयहरुमा समेत तेल तथा ध्यूको नमूना संकलन नगर्न आदेश दिएको खुल्न आएको छ ।

अहिले बजारमा विक्री वितरण भईरहेका स्वदेशी मै उत्पादन भएका तोरी तथा सनफ्लावरका तेलको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । अझ दशै तिहारको समयमा त तेल उद्योगहरुले म्याद गुज्रिएका तेलहरुको नै नयाँ उत्पादन मिति राखेर विक्री वितरण गरेको समेत भेटिएको थियो । त्यसै बेलादेखि नै विभागकी महानिर्देकक बैद्य ठूला व्यापारीहरुसँग नजिक भएको विभाग श्रोतले जनाएको छ ।

बाहिर निकै आर्दशको कुरा गर्ने तर कालाबजारी गर्ने व्यापारीसँगको आर्थिक प्रलोभनमा परेर गुणस्तरहीन खाद्य पदार्थको नमुना संकलन गर्न नै रोक्ने हर्कत उनले गरेको उनकै सहकर्मीहरुको आरोप लाग्दै आएको छ । गुणस्तरहीन खाद्य पदार्थको उजुरी परेमा सिँधै महानिर्देशकलाई जानकारी दिनु पर्ने नियम बनाएर उनकै निर्देशनमा अनुगमन गरी नमूना संकलन गर्ने वा नगर्नृ भन्ने निर्कोल गर्न थालिएको छ ।

केही समय अगाडि तोरीको तेल गुणस्तहीन भएकाले छानविन गर्नका लागि परेको उजुरीमा कुनै चासो नदिएर महानिर्देशक बैद्यले सम्वन्धित उद्योगीसँग लाभ लिएको समेत आरोप लागेको छ । वर्तमान कृषि मन्त्री डा बेदुराम भूसाल र आफ्नो राजनीतिक विचार मिल्ने भएकाले मन्त्रीलाई आपैmले मिलाउन सक्ने भन्दै केही तेल, ध्यू तथा खाद्यान्नका व्यापारीसँग लेनदेनको विषयमा पनि विभाग भित्रै चर्चा चल्न थालेको छ ।

अहिले उपत्यकाका विक्री भईरहेको दूध, ध्यू, तेल दैनिक उपभोग्य रुपमा रहेको पानीको गुणस्तर परिक्षण र अनुगमन गर्नु भन्दा पनि कुनै पनि बस्तुको नमूना संकलन नगर्न उर्दी जारी गरेकी छिन् । विभागले यी खाद्य पदार्थको नमूना संकलन नगरेकै कारण यसै महिनामा मात्र करीव दर्जन पानी उद्योगलाई काठमाडौं महानगरपालिकाले अनुगमन गरी लाखौं रुपैयाा जरीवाना तिराईसकेको छ । तर मुख्य जिम्मेवारी निकायका रुपमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक भने प्रलोभन मै दङ्ग परिरहेकी छिन् ।

कृषि मन्त्री बेदुराम भुसाललाई वोधुरामको संज्ञा दिँदै महानिर्देशक मतिना बैद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जरो गाढेरै बस्ने तयारी गरिरहेकी छिन् । बागमती प्रदेशको कृषि मन्त्रालयको सचिवमा रहँदा पनि निकै विवादास्पद अभिव्यक्ति दिँदै आफ्नै सहकर्मी विरुद्ध विष वमन गरेकी थिईन । आफूलाई अवकाश नहुञ्जेलसम्म कसैल हटाउन नसक्ने भन्दै आफू मातहतका कर्मचारीलाई निकै प्रताडित गर्न गरेको गुनासो विभागका केही कर्मचारीले गर्न थालेका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस १२, २०८०