आइतवार, बैशाख १६, २०८१

पोल्ट्री व्यवसायी र पशु औषधी व्यवसायीले चलाउँन पशु सेवा विभाग

काठमाडौं । सरकारी कार्यालय निजामती कर्मचारीले चलाउनु पर्ने हो । तर कतिपय सरकारी कार्यालय निजी क्षेत्रमा साहुजीहरुको निर्देशनमा चल्ने गर्दछ । त्यस्ता धेरै संस्थाहरु छन् जो सरकारी कर्मचारी कुर्सीमा बस्छन् र व्यापारीहरुका लागि मात्र काम गर्छन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कतिपय कार्यालयहरुको हवितग उस्तै छ । खाद्य प्रविधि गुण नियन्त्रण विभाग, क्वारेण्टाइन कार्यालयहरुदेखि पशु सेवा विभागसम्मको कथा उस्तै छ ।

पशु सेवा विभाग यस्तो कार्यालय हो जसले पशु सेवाका लागि नीति निर्माणदेखि धेरै काम गर्नु पर्ने हुन्छ । तर केही समयअघि मात्र लम्पी स्किन महामारीका कारण हजारौं किसानहरुका लाखौं पशुबस्तु मरे । करीव ६२ अर्वको क्षति भयो तर सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागले खासै चासो भने राखे ।

अहिले चर्चा चल्न थालेको छ । त्यो महत्वपूर्ण कुरा के हो भने पशु सेवा विभाग कसले चलाउँछन । झ्वाट्ट सुन्दा त निजामती सेवा कर्मचारीले नै चलाउँछन् । तर यथार्थ फरक छ । नेपालको पशु सेवा विभाग पोल्ट्री व्यवसायमा संलग्न व्यापारी र पशु औषधी आयात गर्ने व्यापारीहरुले चलाउने गरेको आरोप लाग्ने गरेको छ ।

त्यही कारण पनि पशु सेवा विभाग किसान प्रति होइन तीनै व्यापारीप्रति वफादार हुने गरेको देखिन्छ । नेपाल सरकारले पशु औषधी आयातमा कतिपय एण्टिवायोटिकलाई प्रतिवन्ध लगाएको छ । तर ती पशु औषधी मुलुकभर प्रशस्तै पाइन्छ । कारण हो पशु सेवा विभागले व्यापारीहरुसँगको मिलेमतोमा त्यस्ता एण्टिवायोटिकलाई फिड सप्लिमेण्ट भन्दै आयात अनुमति दिने गर्दछ ।

पशु सेवा विभाग कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सानो भन्सार भन्दा पनि फरक नपर्ला । जहाा अवौंको पशु औषधी तथा फिड सप्लिमेण्ट आयातका लागि अनुमति दिने गरिन्छ । सोही माध्यमबाट नेपालमा प्रतिवन्धित पशु औषधी फिड सप्लिमेण्टको रुपमा आयात हुने गर्दछ ।

पछिल्लो एकदशकको अवधिलाई हेर्ने हो भने पशु सेवा विभागमा धेरै नै महानिर्देशकहरु फेरिए । कतिपय कृषि मन्त्रीसँग समझादारी नमिल्दा त कतिपय तिनै पोल्ट्री व्यवसायी र पशु औषधी व्यवसायीसँग जोडघटाउन नमिल्दा सरुवा हुने गर्दछ ।

पछिल्लो समय पशु सेवा विभागको महानिर्देशकमा आसिन छन् डा उमेश दाहाल । उनलाई केही समय अघि मात्र पशु सेवा विभागको महानिर्देशक बनाइएको हो । उमेश दाहाल नेपाल लाईभस्टक इनोेभेसन परियोजना प्रमुखबाट तानिए महानिर्देशक बनेका हुन् । मन्त्रीलाई खुस हुँदासम्म वा पोल्टी व्यवसायी र पशु औषधीका साहुहरुलाई चित्त बुझुञ्जेल मात्र उनी त्यहाँ टिक्न सक्नछन् नभए मन्त्रीलाई आफ्नो कब्जामा जमाएर पनि सरुवा गरिदिन्छन् ।

दाहाल आउनु अघि डा सम्झना काफ्ले महानिर्देशक थिईन । उनी पनि धेरै समय टिक्न सकिनन् । उनी एक वर्षपनि महानिर्देशक हुन पाईनन् । काफले आउनु भन्दा अगाडि डा रामनन्दन तिवारी महानिर्देशक थिए । तिवारी पाँच महिनामा नै सरुवा भए । डा दमयन्ती श्रेष्ठ, डा वंशी शर्मा, लगायत पनि महानिर्देशक त बने तर किसानका लागि बन्न सकेनन् । उनीहरु पनि पोल्ट्री व्यवसायीहरु कै ‘कठपुतली’ बने ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०