मङ्लबार, जेष्ठ १, २०८१

विवाद बढ्दै गएपछि सरुवा रोक्न सचिवालय मार्फत आर्थिक चलखेल गर्दै महानिर्देशक बैद्य

काठमाडौं । पछिल्लो समय ठूला व्यापारीसँगको मिलेमतोमा खाद्य गुणस्तरमा ध्यान नदिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले सरुवा गर्न खोजेपछि अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्य पानी विनाको माछा जस्तै छट्पटाउन थालेकी छिन् ।

दशै अगाडि खाद्यान्न आयात गरी विक्री वितरण गर्ने व्यापारीदेखि नेपालमा नै खाद्य उद्योग सञ्चालन गरिरहेको व्यापारीसँगको मिलेमतोमा म्याद गुज्रिसकेका खाद्य सामग्री बजारमा विक्रीका लागि पठाउन बैद्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उजुरी समेत परेको थियो ।

करीव डेढ वर्ष अघि पुन ः विभागको नेतृत्वमा पुगेकी प्राविधिक सहसचिव मतिना बैद्यको रवाफ र आर्थिक चलेखेलका कारण विभागले अहिले विवादित हुन थालेको छ । गुणस्तरहिन दानादेखि भारतबाट आयात गरिएको गुणस्तरहीन खाद्य पदार्थलाई समेत गुणस्तर ठिक छ भन्ने उनले कर्मचारीलाई दवाव दिएको आरोप लागेको थियो ।

त्यसै बेला बजारमा गुणस्तरहीन खाद्य पदार्थ तथा मिति सकिएका सामग्री खुल्लम खुल्ला विक्री हुँदा समेत अहिले विभाग मौन बसेकी थिईन बरु स्थानीय तह काठमाडौं महानगरले बजार अनुगमन गरी त्यस्ता व्यापारीबाट लाखौ रुपैयाँ जरिवाना तिराएको समेत प्रष्ट छ, जुन काम विभागले गर्नु पर्ने थियो ।

खानेपानीदेखि दूधसम्मको कुरा होस् वा चामलदेखि तेलसम्म पनि गुणस्तरतामाथि प्रश्न उठिरहँदा विभाग भने आर्थिक चलखेलमा रमाईरहको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बागमती प्रदेशको सचिव पदमा रहँदा उनले त्यहाँ गरेको रवाफका कारण कर्मचारी निकै असन्तुष्ट मात्र होइन । आर्थिक अनियमितताका कारण केही कर्मचारीले अहिलेसम्म दुख पाईरहेका छन् ।

विगतमा विभागमा रहँदा मौलाएको आर्थिक चलेखल बागमती प्रदेशमा गर्न नपाएपछि रुन्चे अनुहार लिँदै विभागमै सरुवा गर्नका लागि बैद्यले राम्रै नजराना समेत बुझाएकी थिईन ।

तात्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई राजनीतिक एव आर्थिक प्रभाव पारेर बागमती प्रदेशबाट विभागमा सरुवाको चाँजो पाँजो मिलाएसँगै उनको भाग्का दिन खुलेका हुन् । विभागको महानिर्देशकमा पुन सरुवा भएर आएसँगै अहिले मतिनाको हालीमुहाली छ । कृषि मन्त्री बेदुराम भुसालका सचिवालयलाई खुशी पार्द मन्त्रालयका सचिवहरुको निर्देशन समेत टेर्न छाडेकी छिन् ।
ठूला डेरी, पानीका साहु, घीउ तेल उत्पादक मात्र नभई दाना उद्योगीसँगको आर्थिक खेलोमा मस्त देखिएका बैद्यकै कारण विभाग दिनप्रतिदिन बदनाम हुँदै गईरहेको छ । – बैरी

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०