आइतवार, बैशाख १६, २०८१

आयोगको नाम पार्टीको काम अध्यक्ष दंगाल आफै बदनाम

काठमाडौं । राष्ट्रिय किसान आयोग स्थापना गर्दा जति किसानहरु खुशी थिए । अहिले तीनै किसानहरु अत्यन्तै दुखित भएका छन् । किसान आयोग किसानका लागि भन्दा पनि केही सिमित व्यक्तिको प्राइभेट कम्पनी जस्तै बन्न थालेपछि आयोगका औचित्य नै समाप्त भएको अनुभूति किसानहरुले गर्न थालेका छन् ।

पछिल्लो समय त किसान आयोगका अध्यक्षको काम गराईले नै आयोग अझ बढी बदनाम हुन थालेको छ । अहिले आयोगका अध्यक्ष छन् पिएचडी धारी प्रेमप्रसाद दंगाल । तात्कालीन अवस्थामा प्रधानमन्त्री केपी ओलीको आर्शिवादबाट अध्यक्ष हुन पाएका हुन् । अध्यक्ष पदभार ग्रहण गरेदेखि नै आफूलाई सर्वेसर्वा ठान्ने दंगालले किसानका लागि कहिल्यै काम नै गरेनन् । बरु त्यही किसान आयोगलाई दुरुपयोग गरी उनले आफू अध्यक्ष भएको अखिल किसान महासंघको गतिविधिलाई नौ बढाईरहेको देखिनछ ।

किसान आयोगको श्रोत साधन प्रयोग गरेर उनले सरकारी ढुकुटीमाथि मोज गरिरहेका छन् । उखु किसानहरुले आफ्नो मूल्य पाएका छैनन् । धान उत्पादन गर्ने किसानहरुको धानको उचित समर्थन मूल्य पाउन सकिरहेका छैनन् । तर किसानको हक अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिएर आयोगको अध्यक्ष बनेका दंगाल सरकारी सवारी साधन समेत दुरुपयोग गरी पार्टीको काममा दौडिरहेका छन् ।

राष्ट्रिय किसान आयोगको नाममो सम्पत्ति दुरुयोग गरी दंगाल नेकपा एमालेकै काममा व्यस्त भएकाले पनि उनी अहिले वदनाम हुन थालेका छन् । पिएचडीधारी दंगालको पाराले विभिन्न दल निकट किसान संगठनका नेतृत्वहरु नै दिक्क भएका छन् ।

किसान संगठनलाई एकीकृत गर्ने, किसानका अधिकारलाई सुरक्षित गर्नु पर्ने काममा आयोगले जुन भूमिका निर्वाह गर्नु पर्ने थियो त्यसो गर्न सकिरहेको देखिँदैन । अध्यक्षको पदबहाली भएदेखि आजसम्मको अवस्थालाई हेर्ने हो भने दंगालले किसान आयोगको सम्पत्तिको चरम दुरुपयोग बाहेक सिन्को पनि भाँच्न सकेका छैनन ।

किसानका लागि काम गर्ने नसक्ने, पार्टीकै लागि सरकारी श्रोत साधनको दुरुपयोग गर्नका लागि यस्ता आयोग राखिरहनुको के औचित्य छ र ? मन्त्री डा बेदुराम भुसालले आयोगले काम गर्न नसकेको र उदेश्य विपरित पदाधिकारीहरु व्यक्तिगत स्वार्थमा हिँडेको भन्दै आयोग खारेजी गर्न मन्त्रीपरिषद् वैठकमा पेश गर्दा नै किसानहरुको भलाई हुने देखिन्छ ।– अम्विका भण्डारी

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०