शुक्रबार, बैशाख २८, २०८१

खडेरीका कारण अगहनी धानको उत्पादकत्वमा कमी

काठमाडौं । खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा शुन्य दशमलव एक प्रतिशतले कमी आउने कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

जिल्लामा कृषकहरूले कुल १ लाख ३९ हजार ८ सय ९२ मेट्रिकटन अगहनी धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जनाएको छ ।
आर्थिक वर्ष २०८०र८१ म बाराका किसानहरुले विभिन्न जातका अगहनी धान ३४ हजार १ सय १० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४ दशमलव १ मेट्रिकटनले कुल १ लाख ३९ हजार ८ सय ९२ मेट्रिकटन धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसाद साहले जानकारी दिनुभयो ।

खडेरीले गर्दा धान पाक्ने समयमा पानी नपरेको हुँदा यस वर्ष ३ हजार ३ सय ९१ मेट्रिकटन कमी हुन गएको कुरा कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले भन्नुभयो ।

उता उत्पादित धान कलैया बजारमा प्रति किईन्टल ३ हजार ४ सय भाउमा बिक्री भइरहेको उपभोक्ताहरूले बताउनुभएको छ । जिल्लामा रु ४ अर्ब ९५ करोड ६३ लाख २ हजार ८६ बराबरको १ लाख ३९ हजार ८ सय ९२ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्ष २०७९र८० मा कृषकहरूले अगहनी धान ३४ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा खेत गरी प्रति हेक्टर ४ दशमलव २ मेट्रिकटनले कुल १ लाख ४३ हजार २ सय ८३ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०