आइतवार, बैशाख १६, २०८१

सप्ताहव्यापी रुपमा विश्व मत्स्य दिवस मनाइँदै

काठमाडौं । हरेक वर्ष नोभेम्वर २१ का दिन विश्व भर मनाउँदै आईरहेको विश्व मत्स्य दिवस नेपालमा सप्ताहव्यापी रुमा शुरु भएको भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रले विविध कार्यक्रम गर्दै दिवसलाई सप्ताहव्यापी मनाउन लागेको हो ।

केन्द्रले मंसिर ५ गतेदेखि ११ गतेसम्म सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा सप्ताहको पहिलो दिन मस्त्य सेवा कार्यरत विज्ञ, संघसंस्थाहरुमो सहभागितामा प्रभातफेरि गरेको छ । केन्द्रको प्राङ्गणबाट शुरु भएको प्रभातफेरि गर्दै मत्स्य केन्द्रले बालाजु स्थित २२ धारामा रहेको पोखरीमा विभिन्न सौन्दर्य माछा छाडेर कार्यक्रम शुरुवात गरेको छ ।

यसलाई २०८० मंसिर ५ देखि ११ गते सम्म सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ।आज पहिलो दिन मत्स्य विज्ञ ,नार्क, नेफिस लगायत यस केन्द्रको सयुक्त सहभागितामा विभिन्न सुचनामूलक प्लेकार्डहरु सहित यस केन्द्रबाट बालाजु पार्क सम्म प्रभात फेरी गरि बालाजु द्दद्द धारामा रहेका पोखरीहरुमा सौन्दर्यमाछाहरु छोडि कार्यक्रमको सुरुवात गरिएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उपत्यकाका ३ वटा सरकारी विद्यालयमा विधार्थीहरुलाई माछा तथा जलिय जैविक विविधताको महत्व, यसका फाइदाहरु र यसको संरक्षण किन आवश्यक छ? जस्ता विषय समेटेर अभिमुखिकरण गर्ने कार्यक्रम रहेको छ।यस दिवसको वारेमा जानकारीमूलक सन्देश सहितको स्टिकर ,फ्लेक्स प्रकाशन गरेर जनचेतना जगाउने कार्यहरु पनि भैरहेको छ ।

“जलीय जैविक विविधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौं“ भन्ने मूल नारा सहित यसले जैविक विविधताको दिगो संरक्षण सहित मत्स्य संग सरोकार राख्ने समुदायहरूको विकास र सशक्तिकरणमा केन्द्रित हुने अवसर प्रदान गर्ने र ।नेपालले पनि जलीय जैविक विविधताको संरक्षण, सम्वर्द्धन र दिगो उपयोग गर्ने, मत्स्य क्षेत्रले देशको सामाजिक समुन्नती र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको विषयहरू समावेश गर्दै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको केन्द्रकी प्रमुख सरिता गौतमले जानकारी दिइन् ।

सन १९९७ मा भारतको नयाँ दिल्लीमा १८ वटा देशका मत्स्य क्षेत्रसंग सम्वन्धित प्रतिनिधिहरूको बैठकले प्राकृतिक जलायश र यस्ता जलाशयमा माछाको संरक्षण गर्ने तथा सबै देशले अपनाउने मत्स्य सरोकार नीतिहरुमा मत्स्य जीवहरुको दिगोपन हुने गरी हरके वर्ष नोभेम्वर २१ मा विश्व मत्स्य दिवस मनाउँदै आईरहेको छ । – अम्विका भण्डारी

प्रकाशित मिति: मङ्लबार, मंसिर ५, २०८०