शुक्रबार, बैशाख २१, २०८१

कृषि मन्त्रालयका सचिव तथा सहसचिवहरुको सम्पत्ति छानविन हुँदै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिवका रुपमा काम गरेका अधिकांश सचिवहरुको सम्पत्ति छानविन हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतबाट वितरण गरिएको कृषि अनुदानमा अवौंको भ्रष्टाचार भएको भन्दै अनुदान उपलब्ध गराएका दातृ निकाय विश्व वैक, एशियाली विकास बैक लगायतका उजुरी परेको थियो । सोही उजुरीका आधारमा नेपाल सरकारलाई अनुदानको रकम दुरुपयोग भएको हो कि होइन स्वष्ट पार्न दातृ निकायहरुबाट दवाव पनि पर्न थालेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पूर्व सचिव राजेन्द्रभारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोप मुद्दा दर्ता गरेको थियो । भारीलाई भ्रष्टाचारको मुद्दा लागेसँगै धेरै कृषिसँग सरोकार राख्ने व्यक्ति तथा सघसस्था एवं राजनीतिक दलहरु भित्रै विवाद भएपछि सरकारले फरक कोणबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका काम गरेका सचिव तथा पूर्व सचिव तथा बहालवाला सहसचिवहरुको समेत सम्पत्ति गोप्य रुपमा छानविन भईरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मातहतमा सञ्चालनमा रहेको स्वदेशी तथा विदेशी लगानीमा सञ्चालन भएका एवं समय समाप्ति भएका परियोजनाहरु समेत यसबाट प्रभावित हुने देखिएको छ । यसले समग्र कृषि क्षेत्रमा नै धमिलो पानीमा माछा मार्न खोज्नेलाई भने ठिक गर्ने भएको छ ।

श्रोतका अनुसार पूर्व सचिव राजेन्द्रभारीलाई भ्रष्टाचार मुद्धा दर्ता भएसँगै पूर्व सचिव योगेन्द्र कुमार कार्की, युवकध्वज जिसी, उत्तम कुमार भट्टराई, प्रभाकर पाठक, कृष्ण पौडेल एवं बहालवाला एवं विभिन्न परियोजना निर्देशकका रुपमा काम गरेका सहसचिवहरु समेत अनुसन्धानको घेरामा परेका छन् । केही पूर्व सचिवलाई रातो घरले ताकेता गरेपछि दशैंको मुखैमा नेताहरुको घर धाउन थालेको श्रोतले बताएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक ४, २०८०