आइतवार, बैशाख ३०, २०८१

पुष्प व्यवसाय भित्रको आन्तरिक लफडा कसरी प्रकट हुँदैछ

काठमाडौं । करीव तीन दशक अघि स्थापना भएको फूल अर्थात पुष्पको उत्पादन र व्यापार गर्ने व्यवसायीहरुको संस्था फ्लोरिकल्चर एशोसिएसन नेपाल फुट्यो । फ्लोरिकल्चर एशोसिएसन नेपाल फुट्यो र नर्सरी व्यवसायी संघ बन्यो । यी संस्था फुटनु र जुट्नुमा कुनै तात्विक भिन्नता नभएपनि व्यवसायीहरुको आन्तरिक लफडा एवं आर्थिक स्वार्थका कारण हो भन्नेमा दुई मत छैन । तीन दशकसम्म चलेको संस्था एकाएक विभाजन मात्र भएको छैन । दुवै संस्थाले एकै साथ पुष्प प्रर्दशनी नै गर्ने भएका छन् । यसले सो संस्थाको आन्तरिक लफडा स्पष्ट पारिदिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालल कार्तिक १४ देखि १८ गतेसम्म जावालाखेलमा गोदावरी फूलको प्रतियोगिता सहितको प्रर्दशनी गर्दछ छ । त्यस्तै नर्सरी व्यवसायी संघले पनि भृकुटी मण्डपमा सोही समयमा नै प्रर्दशनी गर्ने भएको छ । विगतमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समेत आर्थिक सहयोग गरी प्रर्दशनी गर्ने गरेको थियो । यस पटक भने एकै किसिमका दुई प्रर्दशनीमा मन्त्रालयले कसरी समन्वय गर्ने हो त्यो भने हेर्न वाँकी छ ।

विगतमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्प व्यवसाय प्रर्वद्धनका लागि करोडौं रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको थियो । त्यसका लागि मन्त्रालयकै तात्कालिन केही उच्च अधिकारीहरुले राम्रै आर्थिक फाइदा समेत लिएका थिए ।

पुष्प व्यवसाय प्रवद्र्धन गर्नका लागि दिएको अनुदानमा उच्च अधिकारीहरुले ¥याल काटेकै कारण सो अनुदानको रकम अहिलेसम्म पनि बेरुजु नै देखिन्छ । जसरी कृषि उद्यम केन्द्रलाई एक गाउँ एक उत्पादनका लागि उपलब्ध गराएको करीव ७० करोड बेरुजु छ त्यस्तै पुष्प व्यवसाय प्रर्वद्धनका लागि उपलब्ध गराएको करीव ८० लाख रुपैयाँ बेरुजु फर्छयौट भएको छैन ।मन्त्रालयका उच्च कर्मचारीले कमिशन वापत लिएको रकमको विल नभएकै कारण सो रकम बेरुजु देखिएको हो ।

अहिले तीन दशक इतिहास वोकेको संस्था फुटेर नयाँ संस्था समेत स्थापना भईसकेको अवस्थामा पुष्प व्यवसाय वा नर्सरी व्यवसायलाई हेर्ने दृष्टिकोणमा सरकारी सोच सकारात्मक आउने अवस्था भने देखिएको छैन । नेपालमा पुष्प क्षेत्रले व्यवसायिक रुप लिईरहँदा पुष्प व्यवसाय गर्नेहरु नै एकले अर्कालाई सत्तोसरापमा लागेका छन् । कार्तिक १२ गते दुवै संस्थाले पुष्प प्रर्दशनीका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनको अवस्थाले के संकेत मिल्ला ?

प्रकाशित मिति: शनिबार, कार्तिक ११, २०८०