बिहिबार, बैशाख २०, २०८१

पशु सेवा विभागको महानिर्देशक काफ्ले हटिन् आए दाहाल

काठमाडौं । पशु सेवा विभागको महानिर्देशक सम्झना काफ्लेलाई हटाइएको छ । लम्पी स्किनले महामारीको रुप लिईरहेका बेला काफ्लेलाई केही समय अगाडि नै हटाउने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले गरेका थिए । तर लम्पी स्किन महामारीका समयमा तत्काल महानिर्देशक हटाउँदा गलत सन्देश जाने भन्दै काफ्लेलाई हटाउन मन्त्री रोकिएका थिए ।

अहिले लम्पी स्किन महामारीको स्वरुपमा केही परिवर्तन भए लगतै काफ्लेलाई हटाइएको हो । काफ्लेलाई महानिर्देशकबाट हटाएर मन्त्रालय तानिएको छ । पशु सेवा विभागको महानिर्देशमा भने नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना प्रमुखका रुपमा कार्यरत डा उमेश दाहाललाई ल्याइएको छ ।

दाहाल तीन वर्ष अघि मोरङ्गमा लम्पी स्किन देखा पर्दा राष्ट्रिय खोप अन्वेषण प्रयोगशालाका प्रमुखका रुपमा कार्यतर थिए । त्यसबेला विभागको महानिर्देशका रुपमा डा वंशी शर्मा थिए । लम्पी स्किन संक्रमण नियन्त्रण गर्नका लागि भ्याक्सिन तयार गर्नका लागि अनुरोध गर्ने डा उमेश दाहाललाई त्यसबेला विभागले सहयोग गरेको थिएन ।

अहिले लम्पी स्किनले महामारीको रुप लिएको छ । ६४ अर्वभन्दा बढी पशुधनको क्षति भएको तथ्यांक छ । डा उमेशलाई महानिर्देशकमा रुपमा जिम्मेवारी लिएका छन् । अव पशुसेवा विभागले कुन गतिमा काम गर्छ हेर्न वाँकी नै छ ।

प्रकाशित मिति: सोमवार, भदौ १८, २०८०