शुक्रबार, जेष्ठ ४, २०८१

फेरिए पशुपन्छी मन्त्रालय र वन मन्त्रालयका सचिव

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सरकारले कृषि तथा वन क्लष्टरमा रहेका कृषि सेवा, पशु सेवा र वन वातावरण सेवालाई एउटै क्लष्टरमा राखेर सोही क्लष्टर भित्र मात्र सरुवा गर्ने नियम राखेको थियो ।

कृषि विभागको महानिर्देशकबाट कामु सचिव हुँदै सचिव बन्न सफल भएका डा. रेवती रमण पौडेललाई त्यसबेला वन तथा वातावरण मन्त्रालयमा पदस्थापन गरिएको थियो । सोमबारको मन्त्रीपरिषद्को वैठकले पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा तर्फको सचिवमा सरुवा गरेको छ ।

त्यस्तै पशु सेवा तर्फका सचिव डा दीपक कुमार खराललाई भने बन तथा वातावरणमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १८, २०८०