शुक्रबार, बैशाख १४, २०८१

एनआरएनएको संलग्नता भनिएको मुना कृषि लिमिटेडमा आन्तरिक लफडा अध्यक्ष गुरुङ्ग गलहत्याईदै

काठमाडौं । गैर आवासीय नेपालीहरुको संलग्नमा सञ्चालन भएको भनिएको मुना कृषि लिमिटेड धरापमा परेको छ । स्थापनाकालदेखि नै आन्तरिक विवाद हुँदै आईरहेको मुना कृषिको विवाद यतिखेर सतहमा आईपुगेको छ । संस्थापक अध्यक्ष मानिएका युवराज गुरुङ्गलाई सम्भवत शुक्रबारबाट कम्पनीको अध्यक्ष पदबाट गलहत्याईन लागिएको छ ।

किसानहरुले उत्पादन गरेको कृषि उपजलाई विचौलिया रहित बनाउने र प्रत्यक्ष उपभोक्तासम्म पु¥याउने भन्दै मुना कृषि कोभिड १९ का बेला बसुन्धराबाट शुरुवात भएको थियो । एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङ्ग संस्थापक देखिएपनि सो कम्पनीमा कृषि मन्त्रालयका पूर्व उच्च पदाधिकारी तथा परिवारहरुको समेत लगानी रहेको देखिन्छ ।

मुना कृषिलाई बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान दिएको भन्दै त्यसबेला निकै नै विवाद पनि भेटिएको थियो । यद्यपी मुना कृषि लिमिटेडले त्यसलाई अस्वीकार गर्दै आईरहेको थियो ।

अहिले मुना कृषिमा आन्तरिक लफडा शुरु भएर अध्यक्ष गुरुङ्गलाई हटाउन लागिएको मुना कृषि कम्पनी श्रोतले जनाएको छ । अध्यक्ष युवराज गुरुङ्गलाई सो कम्पनीबाट अध्यक्षबाट हटाउने निर्णय नै भईसकेको श्रोतले दावी गरेको छ । सो विषयमा गुरुङ्गसँग सम्पर्क गर्न खोज्दा उनी सम्र्पकमा आएका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९