शनिबार, बैशाख १५, २०८१

किसान आयोग र कृषि सम्वन्धिी सरकारी निकाय वीच छलफल

काठमाडौं । राष्ट्रिय किसान आयोग र कृषि क्षेत्रसँग सरोकार राख्ने सरकारी निकाय, आयोग, परिषद्, बोर्ड संस्थान लगायतका निकाय वीच छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उप–सचिव महेश खरेलले पन्धौँ योजनामा कृषि र किसान सम्बन्धी विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए । खरेलले प्रस्तुत गरेको कार्यपत्र माथि विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले टिप्पणी गरेका थिए ।

त्यसै गरी राष्ट्रिय समावेशी आयोगका उप–सचिव वसन्त प्रसाद पन्थीले समावेशी आयोगबाट संचालित कृषि गतिविधिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । भने विभिन्‍न संघरसंगठनका प्रतिनिधिज्यूहरुले कार्यपत्रमा प्रस्तुत भएको विषयमा बिभिन्‍न जिज्ञासा एवं सुझाव राखेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य, नेपाल कृषि अनुसन्धान परिषद् , कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, , मानव अधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल पशु चिकित्सा परिषद्, खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लि।, कृषि सामाग्रि कम्पनी लि।, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि।, विभिन्‍न संघरसंगठनका प्रतिनिधिहरु, किसान प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७९